काठमाडौं, बिहिबार, ८ साउन २०७७ । जोन्टा क्लब अफ काठमाडौंले महिला अधिकार र सशक्तिकरणका लागि काम गर्दै आइरहेको संस्था हो ।

संस्थाले घरेलु हिंसा विरुद्धको लडाईमा सहयोग गर्न नेपाल प्रहरीसँग साझेदारी गरेर पहल शुरु गरेको छ । यस पहल अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंले १४ जना प्रतिष्ठित कानुनी अधिबक्ता र नेपाल प्रहरीसँग समन्वय गरेर घरेलु हिंसाका पिडितलाई कानुनी परामर्श वा कानुनी उपचार प्रदान गर्ने भएको छ ।

पिडितलाई कानूनी सहयोग वा कुनै प्रकारको उजुरी वा निवेदन वा कानूनी सहयोगको आवश्यकता परेमा उसलाई निशुल्क आवश्यक कानूनी सहयोग प्रदान गरिनेछ । घरेलु हिंसा सम्बन्धि कुनै पनि फोन १०० मा आएको खण्डमा सिधैं १४ जना अधिबक्ता मध्ये कसैलाई सम्पर्क गराई सोही अनुरुप फोन मार्फत कानुनी परामर्श तथा अन्य कानुनी सेवा प्रदान गरिनेछ ।

यस पहलका लागी डिआईजी विश्व पोखरेलको निर्देशनमा एसएसपी किरण बज्राचार्यको पुर्ण सहयोगबाट यस कार्यलाई अगाडी बढाउने सहकार्य गरेका छन् । यसका साथै अधिवक्ता रत्न कार्कीले जोन्टा वकालत समितिको अध्यक्षता गर्नेछन् ।

कोरोना भाइरस (कोभिड-१९) महामारीको फैलावटलाई कम गर्न नेपाल सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन लागु गरेको थियो । यससंगै धेरै जना महिलाहरु दुव्र्यवाहरमा गर्ने व्यक्तिहरुसँंग घरमा फसेका भएर दुव्र्यावहारका घटनाहरु बढेका छन् । यसको प्रतिकृयाको रुपमा जोन्टाले नेपाल प्रहरीको सहकार्यमा पिडित महिलाहरुलाई घरेलु हिंसा विरुद्ध लड्न सहयोग गर्ने लक्ष्य लिएको छ ।

जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष जोन्शियन सीमा गोल्छाले भन्नुभयो, “लकडाउनको घोषणा भएदेखि घरेलु हिंसा बढेका छन् । पिडित महिलाहरु घरमा दुव्र्यवहार गर्ने व्यक्तिहरुसंग फसेका छन् जसले उनीहरुलाई अझ असुरक्षित बनाएको छ । हामी आशा गर्दछौं कि नेपाल प्रहरी र वकिलहरुको सहयोगमा हामी पिडितहरुलाई सहयोग गर्न र घरेलु हिंसा विरुद्ध लड्न सक्षम हुनेछौं ।”

सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिहरुको एक अग्रणी ग्लोबल संस्था हो । स्रोत : जनातापाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here