काठमाडौँ, मंगलबार, १३ असोज २०७७ । काठमाडौं उपत्यकामा जोर-बिजोर प्रणालीलाई थप कडाई गरिएको छ ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार उपत्यकाको मुख्य-मुख्य चोकमा कार्यालय समयमा जाम हुन थालेपछि जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाइएको हो ।

आज बिहानमात्र जोर-बिजोर नियम उल्लंघन गरेको आरोपमा ९ सय बढी सवारीसाधन नियन्त्रणमा लिइएको छ । उपत्यकाका विभिन्न चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ ।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये सरकारले तोकेको स्वास्थ्य मापदण्ड कायम नगरी चलाइएकालाई सम्झाइबुझाइ गरेर पठाउने र नियम विपरीत चलाउने सवारी साधनलाई भने बेलुका ७ बजेसम्म होल्ड गरेर राखिने महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here