मुटुमाझ तिमिलाई बोकी, हिड्ने यात्रा छदैछ
शिर माथी तिमीलाई बोक्ने, मिठो कर्म हुदैछ ।

यो समाज र देशको लाग, हामीले अझै गर्नु छ
जहाँ जहाँ छुटेयौ हामी, खोजी उतै तिर सर्नु छ ।

आमा बाबा दिदिबहिनी, दाजुभाइ सबै मिलेर
सुख दुःख सज्जनसंग साटौं है दिल खोलेर ।

मुटुमाझ सज्जन राखी, कर्म गर्दै जान पाउँ
एक आपसी बिश्वासलाई दिगो पार्न पाउँ ।

सदस्यको खाचो बुझी, काम गर्दै जाने छौ
समान ब्यबहार गर्दै सबैलाई साथ लानेछौ ।

कोही हुदैंन ठुलो यहाँ, कोहि हुदैन कतै सानो
थोपा थोपा जम्मा गरौ, एकदिन पुग्छ मानो ।

आज हामी पौरख गर्छौ , सबै जाती लाग्छन
भोली कमजोर पर्दा हामी आफ्नै पाखा लाग्छन् ।

अलि अलि बचत गरौँ, आफ्नो लागी हो भनी
बुढेसकालमा रेखदेख गर्छन्,आफुसंग छ भनी ।

घर मै आएर सेवा दिने, सज्जन महिला छदैंछ
हिजो आज भोलि गर्दै, ठुलो परिवार बन्दैछ ।

जताततै प्रेमको फुल रोपौं, सज्जन महिला बनी
बिश्वसीलो साथ बनाउँ, आफ्नै संस्था हो भनी ।

सीमा पुरी
२०७७ साल आसार ४ गते बिहिबार ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here