सीमा पुरी

हिडदा हिडदै बाटोमै
ढल्ने यो जिन्दगी ।

ढलेपछि केहिदिनमै
गल्ने यो जिन्दगी
गलेपछि माटोमा
मिल्ने यो जिन्दगी
सबैजनाको अन्तिम
गन्तव्य एउटै।

पलपल काटिदै छ
आफ्नै समय जिन्दगीको।

किन खेर फाल्नु
अमुल्य समय
ब्यर्थका बिषयमा चर्चा चलाएर
समय सबैको एउटै हो ।

जति गरेपनि जाने ठाउँ एउटै हो
लाने केहि होइन
आफुले गरेको कर्मको
छाप छोडेर जाने हो ।

कसैसंग केहि गुनासो गर्नु ब्यर्थ छ
कर्म गर्दै जाने हो
कर्मको हिसाब गर्ने कुनै
लेखनदास को टेबुल
यो धर्तीमा छैन ।

आफुले गरेको कर्मको हिसाब हेर्ने
हामीभन्दा धेरै माथि छ
जस्ले मानिसको अनुहार
हेरेर नम्बर दिदैनन।

धन सम्पत्ति मान , इज्जत ,
धर्म , कर्म सबैलाई यहि
धर्तिमा छोड्नु पर्छ
जो यहि धर्तिबाट प्राप्त भएको हुन्छ।
खाली हात आयौ ।

खाली हात जाने हो
अनि किन त यति सारो खटन जिन्दगीमा ।

किन त यति सारो तेरो मेरो
किन यति सारो अबिस्वास
किन यति धेरै उतारचढाव
मान्छेहरुको जिन्दगीमा
किन नदि जस्तै बग्दैन जिन्दगी ?

किन घाम जस्तै पारीलो
बन्दैन सम्बन्धहरु
किन हावा जस्तै सितल
लाग्दैन परीबेशहरु ?

किन उज्यालो जस्तै बन्दैन ब्यबहार
किन अरुको काधमा
बन्दुक राखेर गोली हान्छ मान्छेले
के का लागी
आखिर किन ?
र कहिले सम्म ?


२०७७ साल जेठ ६ गते मंगलबार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here