गुमनाम हाम्रा चेली अझै कति लुटिएकाे छ
निर्मलाजस्तै फुलमति, सुनमती लुटिएकाे छ।

तिमी जात भातमा अल्झी रहेछाै अझैसम्म नि
स्वार्थीहरुबाट नै माया र पिरती लुटिएकाे छ ।

ठेकेदार बनाई जस्लाई जिम्मा लगाएकाे थियाे
आज उसबाट नै राष्टकाे सम्पती लुटिएकाे छ ।

मृत्यु बाहेक लुटन लुटिनुमा कुनै रहेन अछुताे
यता विरामी लुटिए उता ओखती लुटिएकाे छ ।

सुन चाँदी जुहारत लुट्नु त सामान्य मान्नु पर्छ
ढुंगा माटाे पनि खाेस्रेर मिले जति लुटिएकाे छ ।

कल्पना गैरे
शुक्लागण्डकी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here