तनहुँ, शनिबार, ३ माघ २०७७ । तनहुँमा शनिबार गुडिरहेको गाडीमा आगलागी भएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको छ ।
दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण गाडी क्षति पुगेको छ ।