February 24, 2024
अपराध

‘तपस्वी’ रामबहादुर बम्जनको घरमा पैसाको चाङ

काठमाडौँ, बुधबार, २५ पौष २०८० । प्रहरीले ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट तीन करोडभन्दा बढी नगद बरामद गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनी पक्राउ गरेसँगै उनको घर खानतलासी गरेको थियो ।

उनको घरबाट सीआईबीको टोलीले तीन करोड भन्दा बढी रकम बरामद गरेको सीआईबीको प्रमुख एआईजी किरण बज्राचार्य जानकारी दिइन् । उनको घरबाट प्रहरीले विभिन्न ब्रान्डका १५ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ । सीआईबीको टोलीले उनलाई मंगलबार बूढानीलकण्ठको हात्तीगौडाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका बम्जनलाई आजै सार्वजनिक गरिएको छ ।

पक्राउ परेका बम्जनसँग तीनवटा मोटरसाइकलका बिलबुक, टोयोटा हाइलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका पेनड्राइभ २० वटा, भ्वाइस रेकर्डर, दुईवटा ल्यापटप, १४ वटा विभिन्न ब्रान्डका मोबाइल, आइप्याड र ट्याब पाँचवटा, विभिन्न कागजात फेला परेको छ ।

त्यसैगरी तुलाराम तामाङको नाममा रहेको टोयोटा फर्च्युनर गाडी उनी चढ्ने गरेको पाइएको छ । त्यसैगरी सेतो रंगको ल्यान्ड क्रुजर जेड एक्स गाडी पाँच करोडमा बुक गरिएको र तीन करोड नगदै भुक्तानी गरिएको पाइएको छ ।

त्यसैगरी क्रसफायर बाइकसहित चारवटा मोटरसाइकल पनि बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *