काठमाडौं, आइतबार, १२ पुस २०७७ । गुरुङ समुदायको महान पर्व “तमु ल्होसार” को अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक गरिएको छ । गुरुङ समुदायले शुभकामना आदान-प्रदान गरी पुस १५ अर्थात् ल्होसार उल्लासमय रुपमा मनाउने गर्दछन ।

उक्त शुभकामना गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।

गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कारहरु देखाइएको छ ।

धार्मिक एब पर्यटकिय स्थलको रुपमा परिचित गोरखाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गीतको निर्देशन दीप कोके गुरुङले गरेका छन् भने छायाङ्कन मधुर बस्नेतको रहेको छ ।

हाल जापानमा रहनुभएका मनराज गुरुङको शब्द संगीत रहेको गीतको संगीत संयोजन विलन थापाले गरेका छन् । स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गरेका हुन् ।

गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।