February 24, 2024
समाचार समाज

तमू युवा ह्युल छोंज धीं को उपाध्यक्ष र सदस्यमा गोरखाका प्रमिला र सुशिल गुरुङ चयन

गोरखा, मंगलबार, २६ मङ्सिर २०८० । तमू युवा ह्युल छोंज धींको महिला उपाध्यक्षमा प्रमिला गुरुङ र सदस्यमा सुशील गुरुङ चयन भएका छन् ।

इलाममा आइतबार सम्पन्न तमू युवा ह्युल छोंज धींको दोस्रो महाधिवेसनबाट महिला उपाध्यक्ष र सदस्यमा उनीहरु निर्वाचित भएका हुन् । उनीहरु दुवै गोरखाका हुन् ।

समितिको अध्यक्षमा भने तोरण गुरुङ निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा सर्वजित गुरुङ, महासचिवमा मनराज गुरुङ र उपमहासचिवम दिनेश गुरुङ चयन भएका छन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा इलामबाट कृष्ण गुरुङ, सुनसरीबाट बिक्रम गुरुङ, प्युठानबाट विशाल गुरुङ, रुपन्देहीबाट अर्जुन गुरुङ र लमजुङबाट कृष्ण गुरुङ चयन भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *