काठमाडौं, बिहिबार, ११ बैशाख २०७७ । आज बिहीबार दुई जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुईजनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सक्रमितको संख्या ४७ पुगेको छ ।

हिजो एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएको थियो । उहाँहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here