काठमाडाैँ, मंगलबार, ३० बैशाख २०७७ । आज मंगलबार थप १६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

केन्द्रीय जनस्वास्थ्य प्रयाेगशालामा गरिएकाे परिक्षणमा थप १७ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्राेतले जनाएकाे छ ।

यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ सय ८ पुगेकाे छ ।

पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here