काठमाडौं, मंगलबार, ३० असार २०७७ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ४ हजार ३ सय ६१ जनाको रियल टाइम पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ३४ जना डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा डिस्चार्ज हुनेको जम्मा संख्या १० हजार ३ सय २८ जना डिस्चार्ज भएका छन् ।

हाल क्वारेन्टाइनमा रहेको संख्या २४ हजार ७ सय १६ जना रहेका छन् । देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार ६ सय ९५ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here