काठमाडौं, बिहिबार, १५ जेठ २०७७ । नेपालमा थप १ सय ५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ । यो सहित नेपालमा संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १ सय ५६ जनामा संक्रमण देखिएको हो ।

कुल संक्रिमतमध्ये हालसम्म १ सय ८७ जना उपचारपछि निको भएका छन् । कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु भएको छ । बुधबार किष्ट मेडिकल कलेजमा उपचारका क्रममा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ५ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here