काठमाडौँ, शनिबार, ६ भाद्र २०७७ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानका थप ६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कुल सङ्क्रमितको संख्या ३१ हजार १ सय १७ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

आज शनिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले देशभरका विभिन्न ४१ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ६ सय ३४ जनामा सङ्क्रमण भेटिएको बताउनु भयो । साथै, आज नै १ सय ३६ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । हाल नेपालका १२ हजार ६ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

नेपालका ३ जिल्लाहरु मुस्ताङ्ग, म्याग्दी, र हुम्ला अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, काठमाडौँ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र मोरङ्ग जिल्लामा ५ सय भन्दा बढी सङ्क्रमित रहेका छन् ।

हालसम्म नेपालमा १८ हजार ३ सय ५० जना निको भएका छन् भने १ सय ४६ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here