गोरखा, बुधबार, २८ माघ २०७७ । दुवै मृगौलामा समस्या देखिएपछि पीडित बनेका प्रसिद्ध हमाल भावुक हुँदै भन्छन्, मलाई बचाइदिनुस् !
गोरखाको सिरानचोक गाउँपालिका वडा नं ४ साबिक छोप्राक गा बि स वडा न ७ निवासी शिव हमाल तथा प्रतिमा हमालका एक मात्र सुपुत्र १४ वर्षीय प्रसिद्ध हमालको दुवै मृगौलामा समस्या देखिएपछि बिगत लामो समयदेखि त्रि.बि.बि शिक्षण अस्पताल महाराजगन्ज उपचार गराई रहनु भएको छ ।

आफूसंग भएको रकम पनि उपचारको क्रममा सकिएपछि अहिले आर्थिक अभावले उनको पिडालाई झन् बल्झाईरहेको छ । आर्थिक अवस्था निकै कमजोर भएकाले थप उपचारका लागि समस्या परेको छ ।

नयाँ जीवनको आशामा बाँचिरहेका पिडित प्रसिद्ध हमालले सहयोगको लागि सबै सामु अपिल गर्नुका साथै परिवारले विभिन्न सामाजिक संघ-संस्था, बुद्धिजीवी, समाजसेवी, देश तथा बिदेशमा रहनु भएका सहयोगी मनसँग सहयोगको अपिल गर्नु भएको छ ।

संयोजक : कृष्ण प्रसाद दवाडी
ग्लोबल आई एम ई बैंक
सुन्धारा, काठमाडौँमा रहेको वचत खाता नम्बर :- A407010008297
संयुक्त खाता वालको नाम : कृष्ण प्रसाद दवाडी / शिव हरि हमाल
सम्पर्क :
कृष्ण प्रसाद दवाडी :- 9841746737
युवराज पोखरेल :- 9841372341
शिव हरि हमाल :- 9861952148 मा सम्पर्क गर्नु हुन सबैमा अनुरोध गर्दछौ ।