February 24, 2024
समाचार समाज

दुवै मृगौला फेल भएपछि मौलिक गायक प्रसाद खप्तरी मगरले गरे सहयोगको अपिल

काठमाडौँ, मंगलबार, १६ माघ २०८० । गुल्मी जिल्ला सत्यवती गाउँपालिका वडा नं ४ का चर्चित मौलिक,गायक तथा सर्जक प्रसाद खप्तरी मगर (तुल प्रसाद थापा) लोक गायकको दुवै मृगौला काम नलाग्ने भएपछि सहयोगको लागि अपिल गरेका छन ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिका सदस्य प्रसाद खप्तरी मगरको अकस्मात दुबै मृगौला पुर्ण रुपमा बिग्रीएर अहिले टिचिङ अस्पताल महाराजगन्जमा भर्ना भई डायलसिस गराईरहनु भएको छ ।

‘डाक्टरले जतिसक्दो चाँडो मृगौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्,’ पीडित मगरले भने, ‘तर, म आफूले अब आफ्नो जीवन बचाउन सक्ने अवस्था छैन, कोही इष्टमित्र, नातागोता, साथीभाइ र मनकारी सहयोगीको भएमा मात्र मैले जीवन पाउँछु ।’ सबैले सकेको सहयोग गरिदिन उनले सबैमा आग्रह गरे ।

उनको उपचारमा खटिनु भएका डक्टरको भनाई अनुसार जतिसक्दो छिटो मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि उनको औषधि उपचार र मृगौला प्रत्यारोपणका लागि ठूलो धनराशी खर्च हुने देखिएकोले आर्थिक सहयोग गरिदिन हुन स्वदेश तथा विदेशमा रहनु हुने विभिन्न संघ-संस्था, क्लव, समूह, सहयोगी मनहरुलाई आग्रह गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *