काठमाडौं, शुक्रबार, ३० साउन २०७७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभर थप ५९४ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको जानकारी दिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा देशभरका ३८ वटा प्रयोगशालामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९४ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौं उपत्यकामा मात्रै ११९ संक्रमित थपिएका छन् । उहाँले काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना सहित देशभर ५९४ लाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । हाल क्वारेन्टिनमा १४ हजार ६३८ बसिरहेका छन् । पछिल्लो २४ घण्टामा २४० जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here