काठमाडौं, बुधबार, १० बैशाख २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको संख्या बढदै गएको कारण तत्काल भारतसँगको नाका खुल्ने सम्भावना नरहेको प्रष्ट पार्नुभएको छ । सांसदहरुसँगको छलफलका क्रममा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले सो जानकारी गराउनु भएको हो ।

‘भारतसँगको नाका खुल्ने कुरै छैन । देशभित्र पनि लकडाउन लम्बिनसक्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै नेकपाकी केन्द्रीय सदस्यसमेत रहनुभएकी सांसद निरुदेवी पालले भन्नुभयो । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज केही दिनअघि मन्त्रिपरिषदबाट जारी अध्यादेश र पछिल्लो अवस्थाबारे सांसदहरुसँग आज छलफल आयोजनागर्नुभएको हो ।

छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश नियमित प्रक्रिया भएको र यसबाट नेकपामा कुनै समस्या नआउने प्रष्ट पार्नुभएको थियो । छलफलको क्रममा केही सांसदहरूले अध्यादेश मन्त्रिपरिषदले पास गरेको केहीबेरमै राष्ट्रपतिले किन हस्ताक्षर गर्नुभयो ? भनेर प्रधानमन्त्रीसँग प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले सरकारले पठाएपछि संबैधानिक राष्ट्रपतिबाट तुरून्त र ढिलाको कुरै नहुने प्रष्ट पार्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका कारण गर्नुपर्ने धेरै नियुक्ति रोकिएकाले अहिलेको अवस्था आएको जानकारी पनि गराउनु भएको थियो । ‘सरकारले गर्नुपर्ने धेरै काम छन, जुन हामीले गर्न सकेका छैनौं,’ सांसदहरुसँग प्रधानमन्त्री ओलीको भनाई थियो, ‘ प्रतिपक्षी दलले जेमा पनि भाग खोज्न थाल्यो । जेमा पनि भाग खोज्ने र नियुक्ति हुन नदिने भएपछि अध्यादेश ल्याउनु परेको हो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here