काठमाडौँ, बिहिबार, २२ साउन २०७७ । “देश बिकाशका लागि एकता” यु एन डी नेपालको नियमित बैठकबाट अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा आज १७ जना समाजसेबी, बौदिक व्यक्तित्वलाई विभिन्न देशबाट सल्लाहकारको रुपमा नियुक्ति गरिएको छ ।

जस अन्तर्गत कोरियाबाट आस्था बिन्दु मल्ल र अग्नि कोइराला, इजराइलबाट अनु थापा र दिपिका भुषाल, संयुक्त राज्य अमेरिकाबाट अनुप खनाल, बिशाल राना र राज कुमार हमाल, जापानबाट बिमल भट्ट र चिरन्जिबी थापा, अफ्रिकाबाट हिक्मत थापा, अस्ट्रेलियाबाट ब्रितेश कार्की र मदन राज पौडेल, क्यानडाबाट बसन्त कार्की, साइप्रसबाट रिता दुलाल, स्पेनबाट सबिन दुलाल, बेल्जियमबाट सिता सापकोटा, ब्राजिलबाट प्रिया राना यु एन डी नेपालको अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त हुनु भएको हो ।

देशभन्दा बाहिर रहेर पनि नेपालका सामाजिक संस्था मार्फत समाजसेवामा समर्पित गैर आवासीय नेपाली, जो देशमा आपत बिपदको समयमा विभिन्न माध्यमबाट युवावर्गलाई परिचालन गरी समाज सेवामा खटिदै आइरहनु भएको छ । हरेक देशमा सल्लाहकार नियुक्त गर्दै आइरहेका छौ, नियमित बैठकबाट आज १७ जना समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त गरिएको यु एन डी नेपालका केन्द्रिय अध्यक्ष सुजन सापकोटाले जानकारी दिनु भयो । युवा बर्गको सल्लाह सुझाबलाई लिएर विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको उहाँले बताउनु भयो ।

“देश बिकाशका लागि एकता” यु एन डी नेपालको केन्द्रिय कार्यालय पोखरा-३ नदिपुरमामा रहेको छ । कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here