गोरखा आइतबार १४ बैशाख २०७७ । कडाउनका मौका छोपी दैनिक उपभोग्य सामान बिक्रि गर्ने व्यवसायीहरुले मूल्यबृद्धि गरेको गुनासो आएको भन्दै सिरानचोक गाउँपालिकाले ध्यानाकर्षण गराएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै संक्रमणको अबस्थामा मूल्यबृद्धि गरी सामान बिक्रि नगर्न सवैलाई आग्रह समेत गरेको छ ।

गाउँपालिका अध्यक्ष राजु गुुरुङद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ : नागरिकहरुको गुनासोका आधारमा पालिकाले त्यस्ता खालका व्यवसायहरुको निगरानी समेत बढाएको र निगरानीका क्रममा कसैले कालोबजारी गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने चेतावली समेत गरिएको छ ।

सवै पसलहरुमा अनिबार्य बिक्रि बितरण गर्ने सामानको मूल्यसूची राख्न अनुरोध गर्दै, गलत कार्य कसैले पनि नगर्न नगराउन आग्रह गर्दै आगामी दिन त्यस्ता निन्दनीय कारोबार गरेको थाहा पाएमा समेत गाउँपालिका कार्यालयलाई जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here