ललितपुर, शुक्रबार, १९ बैशाख २०७७ । गोदावरी नगरपालिकाले नगरक्षेत्रका किसानलाई ५० प्रतिशत अनुदानमा धान र तरकारीको बीउ बिक्री वितरण गर्ने भएको छ ।

कोभिड–१९को जोखिम हुन नदिन जारी बन्दाबन्दीले बीउ खरिद गर्ने वातावरण नरहँदा नरपालिकाले सो सहयोगको योजना अघि बढाएको हो ।

नगरवासीलाई सहयोगस्वरुप केही राहत पुगोस् भनी बीउबिजनको व्यवस्था गरिदिन लागेको वडा नं ३ का वडाध्यक्ष बालमुकुन्द घिमिरेले जानकारी दिनुभयो । “हामीले बीउबिजन आवश्यक पर्ने नगरवासीलाई नागरिकता र जग्गाधनी प्रमाणपत्र फोटोकपीको साथमा निवेदन लिएर आउन आह्वान गरेका छाँै” उहाँले भन्नुभयो ।

बीउ जोहो गर्ने समय भइसकेको छ । यहाँका जनताले बीउ खरिदको चिन्ता लिएसँगै समस्या समाधान गर्न बीउ खरिद गरी बाँड्ने नगरपालिका कृषि शाखा प्रमुख बेदनाथ पन्थीले जानकारी दिनुभयो ।

“हामीले बीउबिजन सङ्घ र कृषि सामग्री लिमिटेडबाट ताइचिन, खुमल ४ र खुमल १० नामक बीउ ल्याई वितरण गर्ने मनसाय बनाएका छाँै ”उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here