May 18, 2024
संसद

नयाँ वर्षसँगै नेपालीहरूमा थप उत्साह थपिनेछ : राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे

काठमाडौँ, शनिबार, १ वैशाख २०८१ । जनताले नयाँ संविधान पाए पनि सोही अनुरूप मुलुक अगाडी बढ्न नसक्दा जनतामा अहिले चरम निराशा देखिन थालेको छ । यो निराशालाई चिर्दै नयाँ वर्षसँगै जनतामा थप उत्साह थपिने बताउनुभएको छ ।

विधायीकाले कानुनहरू निर्माण गरी जनताको आशा पुरा गर्ने पक्षमा रहेको बताउनुहुँदै राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे यस्तो बताउनुभएको हो । सरकार र व्यवस्थापिका सांसदले संविधान अनुरूप बन्न बाँकी रहेका कानुनहरू बनाउने र सङ्घीयताको अभ्यासलाई थप सुदृढ र परिष्कृत गर्दै लैजान थप सक्रियता देखाउन आवश्यक रहेको बताउनुभएको छ ।

साथै, उहाँले नयाँ वर्ष २०८१ को अवसरमा सबैमा शुभकामना दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *