May 18, 2024
संसद

नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त : राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौँ, शनिबार, १ वैशाख २०८१ । सङ्घीय संसद्, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नयाँ वर्ष सुरुवातसँगै राष्ट्र प्रेमको भावना विकास हुने विश्वास व्यक्त गर्नु भएको छ । नयाँ वर्षको शुभकामना सन्देश दिनुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

नयाँ वर्षसँगै देशमा शान्ति, सुशासन र सु-व्यवस्था सुदृढ हुने साथै समृद्धि र विकासका सम्भावना खुल्दै जानेछन्। सबै नेपालीमा सकारात्मक सोच, आपसी भाइचारा र राष्ट्र प्रेमको भावना विकास हुनेछ भन्ने मैले विश्वास लिएको छु उहाँले सन्देश मार्फत भन्नुभएको छ ।

नयाँ वर्ष वि.सं. २०८१ सालको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *