Sunday, March 7, 2021
More

    नयाँ वर्ष २०२१ लाई “उपचारात्मक वर्ष” बनाउन राष्ट्रसंघको आह्वान

    संयुक्त राष्ट्रसंघ, सिन्ह्वा, मंगलबार, १४ पौष २०७७ । कोरोना भाइरसका कारण सङ्कटग्रस्त मुलुकहरुलाई नयाँ वर्ष सन् २०२१ लाई उपचारात्मक वर्ष बनाउन संयुक्त राष्ट्रसंघले आह्वान गरेको छ ।

    राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्वका सबै समुदायलाई उपचारात्मक वर्षको रुपमा सन् २०२१ लाई मनाउन भिडियो सन्देश मार्फत् आह्वान गर्नु भएको हो । नयाँ बर्षको अवसरमा शुभकामना सन्देश सहितको भिडियो सन्देशमा उहाँले महामारीका विरुद्धमा सँगसगै लड्नु पर्नेमा जोड दिनु भएको छ ।

    “आउनुहोस्, शान्ति स्थापनाका लागि सँगसगै काम गरौँ, सहकार्य गरौँ र अबरोध तथा समस्याहरुको सामना पनि गरौँ ।”, उहाँले भिडियो मार्फत आब्हान गर्नु भएको हो ।

    सन् २०२० भरी कोरोना भाइरसको महामारी चलेकाले सन् २०२१ मा यो महामारीबाट मुक्त भइसक्ने गरी काम गर्नु पर्नेमा उहाँले जोड दिनुभयो।

    कोरोना भाइरसका कारण अहिलेसम्म संसारभरि १७ लाख ८३ हजार १ सयभन्दा बढीको मृत्यु भएको छ भने आठ करोड १७ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here