Monday, March 1, 2021
More

    ‘नयाँ विश्व, नयाँ रेडियो’ नाराका साथ आज “विश्व रेडियो दिवस” मनाइँदै

    काठमाडौं, शनिबार, १ फागुन २०७७ । आज दशौं विश्व रेडियो दिवस ‘नयाँ विश्व, नयाँ रेडियो’ भन्ने नारासहित मनाइँदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुवरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ ।

    स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष फेब्रुवरी १३ मा विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो ।

    नेपालमा वि.सं २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण शुरु भएपनि औपचारिक रुपमा भने वि.सं २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन शुरु भएको हो । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले रेडियोको प्रसारण शुरु गरेको थियो ।

    नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो । हाल नेपालमा सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त एफएम रेडियोको संख्या ९०० हाराहारी छ भने ७०० भन्दा बढी रेडियोले नियमित प्रसारण गरिरहेका छन् ।

    साथै, विश्व समुदायले रेडियो प्रसारण मार्फत सूचना, शिक्षा र मनोरन्जन प्राप्त गर्न थालेको १०० बर्ष पुगिसकेको छ । विभिन्न कालखण्डमा रेडियो प्रसारणले पु¥याएको योगदानका कारण रेडियो मानव समुदायको अभिन्न अंग बनेको छ । प्रविधिमा आएको परिवर्तनले रेडियो प्रसारण र रेडियो सुन्ने प्रणालीमा व्यापक परिवर्तन आएको छ ।

    रेडियो प्रसारको पहुँच अझ व्यापक बनेको छ । विपद् र महामारीको समयमा रेडियोले नागरिकलाई अत्यावश्यक सूचना, एवंं महत्वपूर्ण जानकारी दिएर जीवन रक्षामा योगदान पु¥याउँदै आएको छ । कोभिड १९ महामारीको समयमा रेडियोले गलत सूचना र भ्रमहरु निवारण गर्न सही सूचना, जानकारीहरु सम्प्रेषण गर्ने अभियानलाई निरन्तरता दिएर जिम्बेवार माध्यमको भूमिका निर्वाह गर्न सफल भएका थिए ।

    रेडियोको महत्व तथा भूमिकालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१२ फेबु्रवरी १३ का दिनबाट प्रत्येक वर्षको फेब्रुवरी १३ मा विश्वभर रेडियो दिवश मनाउन थालिएको हो । विगत वर्षहरुमा झैँ यस वर्ष पनि समुदायको समेत सहभागितामा रेडियो प्रसारणको महत्व एवं प्रसारकको दायित्वमा केन्द्रीत भएर सरोकारवालाहरुको समेत सहभागितामा विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवश मनाइदैं छ ।

    यो वर्ष नयाँ विश्व, नयाँ रेडियो भन्ने मुल नाराका साथ संसारभरि नै विश्व रेडियो दिवश मनाइँदै छ । यस्तै इभोलुसन (विकास), इनोभेसन (आविस्कार) र कनेक्सन (सम्पर्क) यो वर्षको विश्व रेडियो दिवशका निम्ति तयार गरिएका सहायक विषयबस्तु रहेका छन् ।

    रेडियो मानव समुदायको निकट एवं सरल र भरपर्दाे माध्यमको रुपमा स्थापित छ । विश्वमा प्रविधिले ल्याएको परिवर्तनसँगै रेडियोको विकास र विस्तारमा पनि आमूल परिवर्तन भएको छ । रेडियो प्रविधिको विकास र आविश्कारले गर्दा विश्व समुदायलाई रेडियोका विषयबस्तुले तिब्र गतिमा जोड्ने काम गरेको छ । प्राकृतिक प्रकोप, सामाजिक आर्थिक समस्या, महामारी जस्तोसुकै परिस्थितिमा पनि रेडियोले संकट न्यूनिकरणमा योगदान दिदै आएको छ ।

    परिवर्तित विश्वसँगै अवको समय रेडियोको फरक र विशिष्ट महत्वलाई अझ फराकिलो बनाउँदै समुदायको ध्यानाकर्षण गर्ने र नयाँ माध्यम र प्रविधीका साथ बढी भन्दा बढी श्रोता समक्ष पुगेर सही र तथ्यपरक सूचना सम्प्रेषणका लागि हाम्रा प्रयास जारी राख्नुपर्छ । विश्व रेडियो दिवशको यस अवसरमा सामुदायिक रेडियो प्रसारक संघले सबै रेडियो र रेडियोकर्मीहरुलाई यहाँहरुले खेल्नुभएको भूमिकाको उच्च कदर गर्दै धन्यबाद ज्ञापन गर्दै शुभकामना ब्यक्त गरेको छ ।

    आगामी दिनमा विकटमा रहेका,अन्य माध्यमको पहुँच भन्दा बाहीर रहेका, अल्पसंख्यक,विपन्न र आवाज विहिनहरुको आवाजको रुपमा आम नागरिकलाई सही सूचना सम्प्रेषणमा रेडियोको भूमिका अझ प्रभावकारी बनाउन सामुदायिक रेडियो प्रसारक संघले सबैमा अनुरोध समेत गरेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here