काठमाडौं, बुधबार, ७ माघ २०७७ । नवजात शिशु झाडीमा फाल्न खोज्ने गोरखा फुजेलकी महिला पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका-६ पवित्रनगरबाट नवजात शिशु फाल्न खोज्ने आमालाई नियन्त्रणमा लिएको छ । साथै, शिशुको तत्काल उद्धार गरेको छ ।
महाराजगन्ज प्रहरीले बुधबार राति साढे १२ बजे गोरखा गण्डकी गाउँपालिका-४ घर भई पवित्रनगर बस्ने आमा सुनिता परियारलाई नियन्त्रणमा लिएको हो ।
परियारले महिना पुगेरै जन्मिएकी छोरीलाई झाडीमा फाल्न खोज्दा प्रहरीको टोलीले फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रहरीले जनाएको छ ।
आमा सुनिता र बच्चा दुवैको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।