May 18, 2024
बिशेष

नव वर्षको दिन शनिबार भक्तपुरमा ३३ पोखरी पदयात्राको आयोजना

भक्तपुर, बुधबार, २८ चैत्र २०८० । आर्थिक समृद्धिको लागि उद्योग, बाणिज्य र पर्यटनको चर्चा गर्ने उदेश्यले उद्योग बाणिज्य दिवस र नयाँ बर्षको पावन अवसरमा आयोजित ३३ पोखरी परिक्रमा नयाँ वर्षको दिन (बैशाख १ गते) हुने भएको छ । उक्त पदयात्रा सामान्य मानिसले ३ घन्टा ३३ मिनेटमा पुरा गर्ने आयोजक भक्तपुर टुर्सले जनाएको छ ।

पदयात्रा बिहान साढे ७ बजे भक्तपुरको माहेश्वरी मन्दिरबाट सुरु हुने बताइएको छ । उक्त दिन भीड हुन नदिन १० जनाको समूहले १ मिनेटको अन्तरालमा यात्रा प्रारम्भ गर्ने तयारी गरिएको छ । उक्त पदयात्रामा भक्तपुरका ३३ वटा साना ठुला पोखरीहरुको अवलोकन गर्न सकिन्छ ।

भक्तपुरको सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनमा जोड दिनु पदयात्राको अर्को उदेश्यसहित सो पदयात्रामा प्रतिष्ठित बैक, सहकारी, स्कूल, कलेज, सरकारी कर्मचारी, कुटनीतिक नियोगका अधिकारीहरुको समेत सहभागीता हुने आयोजकले जनाएको छ । पदयात्रीहरुको मनोरन्जनको लागि स्थानीय परिकार सहित सम्हे बजीको ब्यबस्था गरिएको छ । स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी सहभागीहरुले चैत ३१ सम्म नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको बताउदै आयोजकले पदयात्रामा सहभागी हुन अग्रिम नाम दर्ता अनिवार्य गरिएको छ ।
भक्तपुरका केही महत्वपुर्ण पोखरीहरु

सिद्धपोखरी
पश्चिम भक्तपुरमा रहेको यस पोखरीमा हरेक बर्ष इन्द«जात्राको दिनमा मेला लाग्ने गरेको छ । पन्ध्र बर्ष यता स्थानीयबासीले सो दिन पोखरी परिसरमा दिपावली गर्दै आएको छ । दिपावली हेर्नको लागि सो रात बीसौं हजार मानिस त्यहाँ पुग्ने गरेका छन् । भीडलाई ब्यबस्थित गर्न सो रात पोखरीको पुर्बी प्रबेशद्धार मात्र खुल्ला गर्ने गरिएको छ । त्यस साँझ आवागमनलाई भने एकतर्फी बनाइने गरिएको छ । भक्तपुर सहरकै सबैभन्दा ठुलो मनोरन्जन क्षेत्रको रुपमा यसलाई बिकास गरिएको छ । माछा पालन गरेर नगरपालिकाले आम्दानीको श्रोत समेत जुटाएको छ । पोखरी परिसर हरेक साँझ बिजुली बत्ती बालेर झिलिमिलि पार्ने गरिएको छ । युवा पुस्ताको लागि यो पोखरी प्रमुख जमघट स्थल हुन पुगेको छ ।

नपुखु
टेलिकम टावरमुनि रहेको नपूखुको भित्री डिलमा ढुङगा बिछ्याउने कार्य साउन महिनामा सकिएको छ । ढुङगा बिछ्याए पछि यहाँ भित्र मानिसको चहलपहल बढेको छ । पोखरीमा लागेका लेउहरु हटाइएका छन् । पोखरीको पानी सफा भए पछि पोखरी संगैको बसपार्कका सवारी चालकहरुले दिनँहु आफ्नो सवारी पाखाल्न पोखरीको पानी प्रयोग गर्न पाएका छन् । पोखरीको उत्तरबाट चाँगु नारायण मन्दिर रहेको डाँडो र मन्दिरको गजूर समेत हेर्न सकिन्छ । दक्षिण पट्टीबाट भने उपत्यकाको सबैभन्दा अग्लो पर्बत फुलचोकी डाँडामा रहेको एनटिभी टावर देखिन्छ । स्थानीय युवाहरु उक्त पोखरीको डिलमा दगुरेर बिहान बिहान शारिरिक अभ्यास गर्ने गर्दछन् ।

कालदह
भक्तपुर उद्योग क्षेत्र भित्र अनि नपुखुको मुन्तिर कालदह रहेको छ । जनैपुर्णिमाका दिनमा मेला लाग्ने यस कालदहमा चारैतिर देबदेबीका मुर्तिहरु स्थापना गरिएका छन् । कालदको बरिपरी काष्ठकलाको गाउँ रहेको छ । काष्ठकलाको ब्यापार गर्नेहरुको लागि यो पोखरी हेर्न छुटाउन नहुने मध्ये एक हो ।

चिल्ड्रेन पार्क
नवदुर्गा चलचित्र भवनको तलपट्टी शहिद पार्क भित्र रहेको पोखरी चिल्ड्रेन पुखु हो । भादगाउ सहरमा आउने बिद्यलयका बिद्यार्थीहरुको मनोरन्जनको लागि बनाइउको यस पोखरी परिसरमा बिद्यार्थीहरुले ड्राइ पिकनिक मनाउन जाने गरेका छन् । भादगाउँ र्क एउटै मात्र गोलाकार पोखरीको रुपा रहेको यस क्षेत्रमा सहिदहरुको मुर्ति समेत कुदिएका छन् ।

भण्डारखाल पोखरी
भक्तपुर दरवारको सेतो ढोकाबाट प्रबेश गरे लगत्ते बायाँपट्टी फुलैफुल अम्रिएको एउटा ढोका देखिन्छ । सो ढोका भित्र छिरे पछि देखिने सानो पोखरी भण्डारखाल पोखरी हो । फुल फुलेको ढोकामा पुलिस थानाको साइनबोर्ड देखिन्छ । सो बोर्डको कारण पर्यटकहरुले त्यहाँ भित्र सुन्दर पोखरी रहेको अनुमान समेत गर्न सकेका छैनन् । यसै कारण भण्डारखाल पोखरी कमै मात्रले अवलोकन गर्ने गरेका छन् ।

सुन्दरी चोक

भक्तपुर दरवारको सुनढोका भित्र चारैतिर नागनागिनाको मुर्ति कुदिएको पोखरी छ । यो पोखरी रहेको ठाउँलाई सुन्दरी चोक भनिन्छ । यस चोकमा राजपरिवार सदस्यहरु स्नान गर्दथे भन्ने जनश्रुति रहेको छ । बर्तमानमा भने त्यहाँ दरबार भित्र हुने बली चढाइएका बोका पोल्न प्रयोग हुने छ्वाली र पराल भण्डारण गरिएका छन् ।

रुञ्चे पोखरी
भक्तपुर दरवारको मुलचोक भित्र पातपतिङगरले भरिएको एउटा पोखरी छ । यस पोखरीमा बालबालिकालाई स्नान गराइएमा रुञ्चेपना हट्ने बिश्वास रहेको छ । बिदेशी पर्यटकहरुलाई यस पोखरीमा प्रबेशमा रोक लगाइएको छ । यहाँ तल्कालिन मल्ल राजाको कुल देबता रहेकोले बिदेशीहरुलाई प्रबेश गर्न नदिइएको हो ।

ब्यासी पोखरी
नामुद गुण्डा र डनहरुको बस्ती रहेको ब्याँसमी दुइवटा पोखरी छन् । यी पोखरी वरिपरीका बाटामा बिस्कुन सुकाइएको रमाइलो दृष्य देखिन्छ यहाँका बासिन्दाहरुलाई लासिवा भनिन्छ । नेवार भाषामा लासिवा शब्दको अर्थ बाटोमा बिस्कुन सुकाउने मानिस भन्ने रहेको छ । ब्याँसीका पोखरीहरु भिरालो जमिनमा बनाइएको कारण अरु पोखरी भन्दा फरक देखिएका छन् ।

ख्योपुखुचा
महाकाली मन्दिरसंगै रहेको ख्योपुखुचामा सुतिरहेको बिष्णुको मुर्ति राखिएको छ । यस पोखरीमा हरेक तीन बर्षमा साउन महिना भरी मेला लाग्छ । यसै गरी हरेक बर्षको फुलपातीको दिनमा यहाँ भब्य मेला लाग्ने गर्दछ । अचाँ पुखूको नामले समेत यो पोखरीलाई चिनिछ ।

भौलापुखु
भोलाछे टोलमा रहेको भौलापूखूको बारेमा एउटा किबंदंती रहेको छ । जसअनुसार हाल पोखरी रहेको स्थानमा भौ अर्था बिरालोहरु झगडा गर्दथे । यहाँ बिरालो झगडा गर्दा गर्दै कालान्तरमा ठुलो खाडल बन्न पुग्यो । सोही खाडल पछि भोलापुखूमा परिणत भएको भनाइ रहेको छ । पोखरी वरिपरी नारायण शिब र गणेशका मन्दिर रहेका छन् ।

नागपोखरी
थालाछेमा रहेको नागपोखरीमा रहेको नागको मुर्ति पुर्ब दिशामा फर्केका छन् । सो पोखरीमा स्थानीय छिपा समुदायले धागोमा रंग लाउने गरेका छन् । प्रयोग भैसकेको रंग पोखरीको पानीमा मिसाइने भएकोले पोखरी रंगीन देखिने गरेको छ ।

नबदुर्गा पोखरी
दशैंमा राष्ट्रपति महोदय समेत दर्शनको लागि आउने नवदुर्गा मन्दिरको छैवैमा रहेको नवदुर्गा पोखरी फराकिलो रहेको छ । यो क्षेत्र भक्तपुरकी एकान्तकुमारी बिराजमान हुने प्रसन्नशील महाबिहार जाने प्रमुख थला भएकोले यहाँ नेपाली पर्यटकहरुको चहलपहल बाक्लो हुने गरेको छ ।

लामागाल
कमलबिनायकको सरस्वती स्कुल परिसरमा रहेको लामागाल पोखरमिा पनि माछा पालिएका छन् । सुख्खायाममा स्थानीयले यहाँको पानी प्रयोग गर्दै आएको छ । बास्तुकलाका बिद्यार्थीहरुले आफ्नो थेसिसमा यस पोखरीमा जीबनको संम्भावना रहेको उल्लेख गरेका छन् ।

कमलपोखरी
दशक अघिसम्म कमल फुल्ने गरेको कमलपोखरी हिलोमुक्त भएकोले कमल त फुलेको छैन । तर पोखरीको पश्चिम भागमा भने बगैचा निमार्ण गरिएको छ । दक्षिणमा संन्ध्यकालिन मेला लाग्ने गरेको पुर्बमा यातुगणेशको मन्दिर बिराजमान रहेको छ ।

गरुडकुण्ड
च्याम्हासिहमा रहेको गरुडकुण्डलाई कुम्ह समुदायले पार्कमा परिणत गरेका छन् । उनीहरुले त्यहाँ तीनसयको संख्या गमला राखेर फुल रोपेका छन् । पार्क भित्र रहेको गरुडकुण्डमा मुहानको पानी संकलन भैरहेको बिचित्रको दृष्य देखिन्छ । कुण्डमुनि झर्नको लागि सिढीहरु समेत बनाइएका छन् ।

च्याम्हासिह पुखु
आठवटा सिहका मुर्ति रहेको च्याँम्हासिह पुखु उएटा बिद्यालय हातामा रहेको छ । सो बिद्यालयका बिद्यर्थीलाई पोखरीको पर्याबरणीय चक्र प्रणालीको प्रयोगात्मक ज्ञान दिन पोखरीको उपयोग हुदै आएको छ । बसपार्कसगै भएकोले च्याम्हासिह आउने जो कोही देशी तथा बिदेशी पर्यटकले यो पोखरी अबलोकन गर्दै आएका छन् ।

खँचा पुखु
प्रसिद्ध पाँचतले मन्दिरको छाँया देखिने खँचा पोखरी खँचा टोलमा रहेको छ । माहेश्वरीखोलको उकालो उक्ले पछि पुगिने खँचा पोखरीमा पानी नहल्लिएको बेला आधा किलोमिटर टाढा रहेको राष्ट्र बैकले जारी गरेको सय रुपैयाको नोटमा अंकित उक्त मन्दिर स्पष्टसंग देखिन्छ । साँझ घाम डुब्न अघि छायाँ अधिक स्पष्ट देखिने गरेको छ ।

यातापुखु
याता टोलमा दिनभरी घाम लाग्ने गर्दछ । यहाँ रहेको पानी यातापुखूमा यसै कारण पानी तातेको हुन्छ । जाडो महिनामा हनुमन्तेघाटमा माघको स्वस्थानी ब्रत बस्नेहरु यस पोखरीमा स्नान गर्न रुचाउछन् । यस पोखरीलाई तातो पानीमा स्नान गर्ने ब्यबसायिक पोखरमिा परिणत गर्ने स्थानीय सरकारको योजना रहेको छ ।

तेखापुखु
तेखापोखरीको नामले समेत चिनिएको भक्तपुरको बजार क्षेत्रमा पर्ने एक मात्र पोखरी हो । यो पोखरी बंशगोपालको बजार छेवैमा रहेको छ । पोखरी परिसरलाई पर्खालले घेरिए छि यसको सुन्दरता थपिएको छ । होली पुर्णिमाका दिनमा यहाँ रंग र पानी खेल्नेहरुको मेला लाग्ने गरेको छ । भक्तपुर सहरका बिभिन्न स्थानमा राखिएका पर्यटक नक्शामा समेत यसको संकेत देखाइएको छ ।

स्वरुप फेरिएका पोखरी
भक्तपुर सहरका केही पोखरी वेवास्ताको कारण संकटमा परेका थिए । पोखरीको पानी सदुपयोग गरी संरक्षणको चासो नदिइदा यी पोखरी संकटमा परेका हुन । गोङग पुखु, जेलाको पुखुचा, बेखाल पोखरी, याताबहारे पोखरी, थुगुचो पोखरी, देगमना पोखरी, मंगल कुण्ड लगायतका पोखरी अस्तित्व संकटमा परेको थियो । हाल सबै जसो पोखरीहरुको राम्रै अवस्थमा छ ।

कम प्रयोग भैरहेका पोखरी
पोखरीमा पानी जम्मा हुन छोडे पछि सुक्ने गरेको छ । सुकेका पोखरीहरु प्रयोग बिहिन अवस्थामा छन् । कुमारी पोखरी र ल्योसिङख्यो पुखु, शिबालय पुखु सुकेको अवस्थामा छ । गलसी पुखु, भुलाँपुखु। यालाछे, भीसिङख्य लगायतका ठाउँहरुमा पोखरी पुरे पछि सरकारी कार्यलय र स्कूलहरु बनेका छन् ।

धारासंग जोडिएका पोखरी
अधिकांस धारामा पानी नभए पनि इन्दायाणी पुखुको पानीले नजिकैको धारा चौबिसै घन्टा पानी बगिरहेको छ । चोर्चा पुखुमा भने धाराबाट निकास भएको पानी संकलन हुन्छ । सल्लाँ गणेश पुखु को पानीले तचपालको भीमसेन मन्दिरमा रहेको धारामा पानीको बहाव ल्याएको छ । हाल भक्तपुरमा रहेको धारामा मध्ये सबैभन्दा बढी पानी यसै धारामा बहने गरेको छ ।

खोला भित्रका पोखरी
हनुमाघाट स्थित त्रिबेणी पोखरी र चम्पाखोलामा रहेको काँलाचा दहमा धार्मिक आस्थाबाट स्नान गर्ने परम्परा छ । तर खोलाको पानी दुषित भएकोले हनुमानघाटमा माघ महिनामा मात्र स्नान गर्ने चलन बाँकी छ । यस अघि काँलाचा दहा स्नान गर्दा खटिरा जन्य रोग निको हुने बिश्वास गरिन्थ्यो ।

छकुने पोखरी
हाल मर्मत भैरहेको यस पोखरी लैको टोल रहेको छ । यहाँ गोल्डेन फीस राखेर पोखरीको प्राकृतिक बाताबरण बिग्रेको पाईन्छ । बिस्का जात्राको बेला यसै पोखरीमा भैरबको रथमा मासुको चोक्टा अर्थात लाको चढाउने चलन रहि आएको छ । यही लाको कै परिष्कृट नाम लैकोबाट यस पोखरी चिनिने गरिएको छ ।

सिलाचहे पुखु
मर्मतको लागि सरकारी बजेट पछि गत दुई बर्षमा पुस्तक समेत प्रकाशित भएको पोखरीहरु यति खेर चर्चित रहेको छ । यस अधि स्थानीय दुई फरक फरक क्याम्पसहरुको अधिनमा रहेका ती पोखरीहरु स्थानीय निकायको अग्रसरमा मर्मत भै सिलाचहे अर्थात शिवरात्रीको दिन उद्धघाटन गरिएका छन् । न्हू पुखु र भाजु पुखु शिबको मुर्ति स्थापना गरिएको कारण शिवरात्रीको दिन उद्धघाटन गरिएका हुन् । यी दुई पोखरीलाई निकै पुरानो मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *