गोरखा, बिहिबार, १ जेठ २०७७ । गोरखा भित्रने नाकामा नेपाली सेना र सशस्त्र प्रहरी खटाइने भएको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

तनहुँको आवुखैरेनीबाट गोरखा भित्रिने मुख्य नाका मझुवामा नेपाली सेना र प्रहरी परिचालन हुने समिति संयोजक एंव प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । धादिङबाट गोरखा भित्रिने आरुघाट पुल र तनहूँबाट गोरखा भित्रिने तुरतुरे पुलमा सशस्त्र र नेपाल प्रहरी खटाइने जानकारी दिनुभयो ।

उहाका अनुसार धादिङबाट गोरखा भित्रिने घ्याल्चोकको सिउरेनीटार नाका र तनहूँबाट गोरखा भित्रिने च्याङ्लीको नयाँ पुल नाकामा प्रहरी खटिनेछन् । ‘ती नाकाहरुमा जेठ १ गतेबाट नेपाल प्रहरीको साथमा सेना र सशस्त्र खटिन्छन्,’ प्रजिअ पौडेलले भन्नुभयो, ‘उनीहरुबाट २४ सै घण्टा चेकजाँच हुन्छ ।’ लकडाउनलाई थप प्रभावकारी बनाउन नाकामा कडाई गर्न लागिएको बताउनु भयो ।

‘बाहिरबाट कोही मान्छे जिल्ला भित्रिन लागे भने सम्बन्धित वडा वा पालिकासँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाएर मात्र पठाउछौ,’ उहाले भन्नुभयो । मानिस आवतजावतमा पनि कडाइ गरिने उहाको भनाइ छ ।

जेठ १ गतेबाट लागु हुने गरी जिल्लामा सम्पूर्ण आयात निर्यात समेत रोक लगाइएको छ । औषधी, खाद्यन्न, तरकारी तथा माछामासु, कृषि सामाग्री लगायतका केही पसलमात्र खोल्ने अनुमति प्रदान गरिएको छ । अत्यावश्यक काम बाहेक आवागमनमा पनि रोक लगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here