तस्बिर

नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ, शनिबार, १८ भाद्र २०७९ । विवादास्पद नागरिकता विधेयक पुनः राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएकोमा खारेजीका माग गर्दै नागरिक समाजले दबाबमूलक प्रदर्शन गरेको छ ।

स्वतन्त्र नागरिकले विभिन्न प्लेकार्डसहित नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अघि प्रदर्शन गरेका हुन् । उनीहरुले आम नागरिकलाई नागरिकता विधेयक खारेजीका लागि सहयोग गर्न अपीलसमेत गरेका छन् ।

‘मुलुक बचाउनु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो। कर्तव्य बोध गरौं। दल, राजनैतिक विचार र आस्था भन्दामाथि उठी विशुद्ध नागरिकको रुपमा एकजुट हौं’, अपीलमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published.