Thursday, February 25, 2021
More

    नागरिक लगानी कोषलाई धितोपत्र बोर्डले दियो हकप्रद निष्कासन अनुमति

    काठमाडौं, शुक्रबार, ३ पौष २०७७ । नागरिक लगानी कोषले हकप्रद निष्कासन अनुमति पाएको छ ।

    नेपाल धितोपत्र बोर्डले कोषलाई पुस २ गते हकप्रद निष्कासन अनुमति दिएको हो । कोषले १ बराबर ०.८२८४ को अनुपातमा हकप्रद निष्कासनका लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

    कोषले हालको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ ०.८२८४ प्रतिशत अर्थात् एक अर्ब ३५ करोड ९२ लाख ५९ हजाार २ सय रुपैयाँबराबरको एक करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ । कोषले २०७७ भदौ २२ मा हकप्रद निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

    हकप्रद बिक्री गरेपछि कोषको चुक्ता पुँजी तीन अर्ब पुग्नेछ । कोषको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here