भरतपुर, मंगलबार, ६ साउन २०७७ । सडमा खसेको पहिरो पन्छाएपछि नारायणगढ मुग्लिन सडक एकोहोरो सञ्चालनमा आएको छ । सोमबार विहानदेखि अवरुद्ध भएको यो सडक डिभिजन सडक कार्यालय भरतपुर र मुग्लिनबाट आएका लोडरले पहिरो पन्छाए पछि राजमार्ग खुला गरिएको हो ।

सडकको पहिरो पन्छाउन तीन वटा लोडर परिचालन गरिएको ट्राफिक प्रहरी सुर्दशन श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ नारायणगढ मुग्लिन सडकमै सवारी साधन व्यवस्थापनमा जुट्नु भएको थियो । “पहिलो चरणमा अहिले ‘वान–वे’ सडक खोलेका छौ विस्तारै दुवै तर्फ खोल्ने छौ”, श्रेष्ठले भन्नुभयो । दुवै तर्फ सडक खोल्न भने भोलिसम्म समय लाग्ने बताइएको छ ।

नारायणगढ मुग्लिन सडककै नारायणगढ मुग्लिन सडकको चार किलो र चोर खोलामा झरेको पहिरो मंगलबार सफा गरेर एकोहोरो सवारी साधन चलाइएको हो ।

यही राजमार्गको १७ किलोमा ५ मिटर सडक त्रिशुलीमा भासिए पनि यो क्षेत्रमा बाँकी चार मिटर रहेकाले अहिले नै एकोहोरोे सडक सञ्चालन भैरहेको छ ।

तराईका जिल्लाबाट काठमाडांै जोड्ने मुख्य सडक नारायणगढ मुग्लिन सडक सोमबारबाट बन्द हुँदा हजारौँ सावारी साधन बीचबाटोमै अलपत्र परेका थिए । राजमार्ग खुला भएसँगै सवारी साधनहरु गन्तव्यतर्फ गएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here