Monday, August 2, 2021
More

    ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ : पाँचौँ निर्वाचन दिवस मनाइदैं

    spot_img
    spot_img

    काठमाडौँ, शुक्रबार, ७ फागुन २०७७ । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले आज शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाउँदैछ ।

    नेपालमा सर्वप्रथम वि सं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले वि सं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नु भएको छ ।

    मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

    आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गर्नुभएको छ ।

    उहाँले भन्नुभएको छ, “स्थापनाकालदेखि नै संविधान प्रदत्त अधिकारअनुसार कुशलतापूर्वक निर्वाचनको व्यवस्थापन गर्दै आयोगले निष्पक्षता, व्यवसायिकता र विश्वसनीयताको पूर्ण प्रत्याभूतिसहित निर्वाचन सरोकारवालाको सक्रिय सहभागिता र सहमतिमा सर्वस्वीकार्य निर्वाचन सम्पन्न गर्ने गुरूत्तर दायित्व पूरा गर्न दृढ सङ्कल्पित छ ।”

    स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    आयोगले निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटिरहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचका निम्ति मतदानस्थल एवं मतदान केन्द्र सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

    निर्वाचन कार्यक्रम, आचारसंहिता तर्जुमा, खरीद योजना तयारी, सामग्री व्यवस्थापन खरीद प्रक्रिया आरम्भ, बजेट अनुमान र आर्थिक कार्यविधि तर्जुमा, निर्वाचन सुरक्षा योजना तयारी, मतदाता शिक्षा तथा तालिमसम्बन्धी स्रोत सामग्री, निर्वाचन अनुगमन तथा पर्यवेक्षणसम्बन्धी कार्यविधिको तर्जुमा, मतदानमा खटिने कर्मचारी अभिमुखीकरण तथा तालि म सामग्री व्यवस्था, अन्तर्राष्ट्रिय सहयोगलगायतका कार्य व्यवस्थित एवं योजनाबद्धरूपमा भइरहको जानकारी दिनु भएको छ ।

    पहिलो पटक निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत गरेको हुँदा त्यसबाट निर्वाचनमा विद्युतीय सञ्चार एवं सामाजिक सञ्जालको व्यापक उपयोग हुने आयोगले विश्वास व्यक्त गरेको छ ।

    निर्वाचन साधन, शक्ति र सम्पत्तिबाट प्रभावित हुन हुँदैन, निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्नुपर्ने दायित्व आँैल्याउँदै आयोगले खर्चिलो र भड्किलो हुँदै गएको निर्वाचनलाई पद्धतिगत नियन्त्रण र नियमनद्वारा मितव्ययी, मूल्य र मान्यतामा आधारित बनाई अनपेक्षित आर्थिक क्रियाकलापबाट निर्वाचन प्रभावित गर्ने विषयलाई दण्डनीय बनाउनै पर्दछ भन्ने कुरामा कसैको विमति हुनु नहुने आयोगको तर्क रहेको छ ।

    निर्वाचन व्यवस्थापन गर्ने निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता, निजी क्षेत्र, नागरिक समाजलगायत निर्वाचन सरोकारवालाको साझा सङ्कल्प र इमान्दार प्रयत्न आवश्यक रहेको जनाउँदै आयोगले एकीकृत निर्वाचन आचारसंहिता तयार गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

    निर्वाचन आचारसंहिता नैतिक एवं कानूनी बन्धनका रूपमा रहने र सबै सरोकारवालाका निम्ति बाध्यकारी हुने भएकाले यसको पूर्ण परिपालनाका लागि सबै सरोकारवालासँग आयोगले आह्वान पनि गरेको छ ।

    आसन्न निर्वाचनलाई आमसहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहने छ भन्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

    आगामी निर्वाचन पहिलो चरणमा वैशाख १७ गते प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा बैशाख २७ गते प्रदेश नं १, वाग्मती प्रदेश तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुँदैछ ।

    आगामी निर्वाचनका लागि करीब एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ । निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचाँै निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण निकाय, सङ्घसंस्था तथा महानुभावप्रति आभार व्यक्त गरेको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    six + 9 =