Monday, August 2, 2021
More

    साउन १५ गतेसम्म मध्यावधि चुनावको लागि दल दर्ता गर्ने समय

    spot_img
    spot_img

    काठमाडौँ, सोमबार, २१ असार २०७८ । निर्वाचन आयोगले प्रतिनिधि सभाको मध्यावधि चुनावको लागि दल दर्ता गर्न साउन १५ गतेसम्मको समय दिएको छ ।

    निर्वाचन आयोगले साेमवार (आज) स्वीकृत गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को निर्वाचन कार्यतालिकाअनुसार असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो ।

    सरकारले आउँदाे कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकाे छ । आयोगले चुनावको कार्यतालिका पनि सार्वजनिक गरेको छ ।

    निर्वाचन आयाेगले जारी गरेको विज्ञप्ति :

    मिति : २०७८-०३-२१

    प्रेस बिज्ञप्ति

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका सम्बन्धमा ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७८ को निर्वाचन कार्यतालिका आज मिति २०७८-३-२१ गते स्वीकृत गरेको छ ।

    कार्यतालिकामा मिति २०७८-०७-२६ गते शुक्रबार पहिलो चरण र मिति २०७८-०८-०३ गते शुक्रबार दोस्रो चरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन अवधिमा सम्पादन गरिने मुख्य मुख्य क्रियाकलाप समेटिएकोे छ ।

    कार्यतालिका अनुसार मिति २०७८-०३-३१ गतेदेखि मिति २०७८-०४-१५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको कार्यक्रम रहेको छ ।

    पहिलो चरणमा सम्पन्न हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मिति २०७८-०६-२१ गतेदेखि मिति २०७८-०६-२६ गतेसम्म संचालन हुनेछ भने दोस्रो चरणमा सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन कार्यक्रम मिति २०७८-०६-३१ गतेदेखि मिति २०७८-०७-०५ गतेसम्म सञ्चालन हुनेछ ।

    मतदाताहरुको अन्तिम मतदाता नामावली मिति २०७८-०५-२३ गते प्रकाशन हुनेछ । समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम मिति २०७८-०५-०२ गतेदेखि मिति २०७८-०७-०२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।

    (राजकुमार श्रेष्ठ)
    सहसचिव एवम् प्रवक्ता

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    fifteen − eight =