Monday, August 2, 2021
More

    स्वीकृत निर्वाचन कार्य-तालिका रद्द : निर्वाचन आयोग

    spot_img
    spot_img

    काठमाडौँ, बुधबार, ३० असार २०७८ । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ गते भएको आदेशअनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्य तालिका रद्द गरेको छ ।

    अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने भनी घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट यही असार २१ गते स्वीकृत भएको निर्वाचन कार्यतालिका रद्द गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन गर्ने घोषणा गरेकामा सर्वोच्च अदालतले त्यसलाई बदर गरी आगामी साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ ।

    spot_img

    लोकप्रिय समाचार

    spot_img

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here

    four × five =