काठमाडौँ, मंगलबार, ९ भाद्र २०७७ । उपत्यकाका प्रजिअहरूकाे बैठक बस्ने भएको छ । उपत्यकामा जारी निषेधाज्ञा थप्ने-नथप्ने विषयमा छलफल गर्न मङ्गलबार ३ः०० बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएकाे छ ।

उपत्यका मेयर फोरमले प्रमुख जिल्ला अधिकारीहरूलाई निषेधाज्ञा थप्न अनुरोध गरेको, जारी निषेधाज्ञाको समयावधि भोलिबाट सकिन लागेसँगै तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी निषेधाज्ञाको समीक्षा, मेयर फोरमको अनुरोधका साथै निषेधाज्ञाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा कस्तो भूमिका खेल्यो भन्ने विषयमा छलफल हुन लागेको बताउनुभयो ।

उहाँले आज दिउँसो ३ः०० बजे बैठक बस्न लागेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आज बैठक बस्न लागेको बताउँदै निषेधाज्ञाकै विषयमा बैठक केन्द्रित हुने स्पष्ट पार्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here