Monday, March 1, 2021
More

    नेकपाको दुवै पक्षलाई आधिकारिकता नदिने निर्वाचन आयोगको निर्णय

    काठमाडौँ, सोमबार, ११ माघ २०७७ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षलाई मान्यता नदिने भएको छ ।

    आइतबार बसेको आयोगको पदाधिकारी बैठकले विभाजित भएका ओली पक्ष र प्रचण्ड–माधव पक्षले दल मान्यताका लागि पेश गरेको कागजपत्र पर्याप्त नभएको भन्दै दुवै पक्षलाई आधिकारिक दल मान्न नसक्ने निर्णय गरेको हो । स्रोतका अनुसार दुवै पक्षले आफू खुशी गरेको निर्णयलाई मान्यता नदिने र पहिलेकै पार्टी यथावत् रहने निर्णय भएको छ ।

    गत पुस ५ गते संसद विघटन भएपछि विवाद उत्कर्षमा पुग्दा नेकपा दुई चिरामा विभाजन भएको छ । दुवै पक्षले आफू आधिकारिक भएको दावी गर्दै अयोगमा कागजपत्र पेश गरेका थिए । दुवै पक्षले एकले अर्कालाई कारबाही गरेका छन् ।

    प्रचण्ड-माधव पक्षले केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ भने ओली पक्षले केन्द्रीय सदस्य थप गर्दै पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ । ओलीलाई प्रचण्ड-नेपाल पक्षले अनुशासनको कारबाही गर्दै साधारण सदस्यबाटै आज हटाएको छ ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here