गीता लम्साल भट्ट

सन् २०१९ को अन्ततिर चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९ ) को महामारी एकासौं शताब्दीको हालसम्मको सबैभन्दा ठूलो मानवीय संकट बनेर विश्वलाई आक्रान्त तुल्याइ राखेको छ ।

विश्वव्यापी रूपमा फैलेको कोरोनाको महामारीलाई नियन्त्रणमा लिई मानवीय जीवनको रक्षा गर्न हम्मे हम्मे परिराखेको छ । तर, गत हप्ता, हाल उपलब्ध केही औषधिहरूले पनि कोरोना लागेकालाई अलि चाँडै निको पार्ने देखिएपछि केही आशा पलाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको महामारीलाई नियन्त्रणमा राख्न सामाजिक दूरी नै उत्तम उपाय हो । त्यसैले, धेरै मुलुकले यो रोग नियन्त्रण गर्न लकडाउन विधि अपनाएका छन् । लकडाउनले निश्चय नै महामारीलाई नियन्त्रणमा राखे तापनि यसले अर्थतन्त्रमा निकै ठूलो प्रभाव पारेको छ । लकडाउनले विश्वको सबैजसो अर्थतन्त्र ठप्प रहेकोले आयस्रोतमा कमी आएर बेरोजगारी बढेको र आम मानिसको जीविकोपार्जनमा समस्या आउनुका साथै उद्योग व्यवसाय चौपट हुने स्थिति उत्पन्न भएको छ ।

कोरोनाबाट मानव जीवन बचाउन सामाजिक दूरीका लागि लकडाउनमा राख्नुप¥यो, जसले अर्थतन्त्रलाई ठप्प पारी जीविकोपार्जनमा समस्या आउँछ । जीविकोपार्जनलाई महत्व दिएर अर्थतन्त्रलाई पहिला जस्तो चलायमान बनाउन लकडाउनलाई खुकुलो बनाउन प¥यो, जसले संक्रमण फैलने सम्भावना बढ्छ । यस्तो महाविपद्को समयमा धेरैजसोे मुलुकले संक्रमणलाई पनि नियन्त्रणमा राख्ने र जति सकिन्छ ।

बि स २०७२ सालको भूकम्प र त्यसपछिको नाकाबन्दीबाट माथि उठ्न खोज्दै गरेको नेपालको अर्थतन्त्रलाई कोरोना महामारी र लकडाउनले नराम्रो प्रभाव पारेको छ । विश्व बैंकले नेपालको यो आर्थिक वर्षको वृद्धिदर बजेटले सोचेभन्दा धेरै कम १.८ देखि २.८ को हाराहारीमा मात्र रहने प्रक्षेपण गरेको थियो भने गत हप्ता राष्ट्रिय तथ्यांक विभागले प्रकाशित गरेको प्रक्षेपण अनुसार यो आर्थिक वर्ष को वृद्धिदर २.२८ रहनेछ ।

वैशाखसम्मको आर्थिक क्रियाकलापमा महामारीको प्रभाव पर्ने र जेठदेखि नियमित हुदैं जाने परिदृश्यलाई आधार बनाएर तथ्याङ्क विभागले यो प्रक्षेपण गरेको छ । विभागका अनुसार महामारीको प्रभाव धेरै समयका लागि जारी रहे आर्थिक वृद्धिमा अझ धेरै प्रतिकूल प्रभाव पर्ने आकलन गरिएको छ ।

तथ्याङ्क विभागको हालको प्रक्षेपण अनुसार पर्यटन, यातायात, भण्डारण तथा सञ्चार, निर्माण, उद्योग र खनिज क्षेत्रहरूको वृद्धिदर ऋणात्मक रहनेछ भने विद्युत्, स्वास्थ्य र प्रशासन तथा सुरक्षा क्षेत्रहरूको वृद्धिदर सन्तोषजनक रहेको छ । प्रतिकूल मौसमका कारण कृषि क्षेत्र र महामारीको कारण व्यापार वाणिज्य र वित्तीय क्षेत्रको वृद्धिदर सन्तोषजनक छैन भने कुल उपभोगको वृद्धिदर पनि सन्तोषजनक छैन । स्थिर मूल्यका आधारमा कुल लगानी लगायत यस अन्तर्गतका निजी तथा सरकारी लगानी ऋणात्मक रहने छन् भने विप्रेषणको कुल गार्हस्थ्य उत्पादनमा अनुपात घटेको छ, जसले गर्दा कुल गार्हस्थ्य बचतमा कमी आउनेछ ।

विश्वको तुलनामा नेपाल आर्थिक अवस्थामा निकै कमजोर देश हो । आजको जटिल परिस्थितिमा हिसाब गर्ने हो भने प्रत्येक नेपालीले वर्षमा औसतमा कम्तिमा पनि १ लाख १७ हजार रूपैयाँ आर्जन गर्छन् । प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रूपैयाँ पुगेको अनुमान गर्न सकिन्छ ।

विश्वको ठुला-ठुला विकसित मूलक मूलक जस्तै अमेरिका ,अस्टेलिया, क्यानडा, जापान लगायत विभिन्न बिकशित देशको तुलनामा नेपाल कयौं गुण पछाडी रहेको छ । नेपालमा विभिन्न किसिमको समस्याहरूले घेरेको छ । कोरोनाका कारणले गर्दा स-साना उद्योग तथा व्यापार व्यवसायमा लागेका चिया पसलेदेखि लिएर रेस्टुराँ व्यवसायी अनि म:म पसलेदेखि लिएर किराना व्यापारी सबै ठप्पै छ ।

नियमित कार्यालय जानुपर्ने कर्मचारी हिँडडुलका लागि बिहान ९ बजेदेखि १०:३० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म आवतजावत गर्नुपर्ने नियम बनाइएको छ । त्यसरी आउजाउ गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेछ । औषधि, खाद्यान्न र अत्यावश्यकीय बस्तु खरिदका लागि निश्चित समयमा बाहिर निस्कन पाइने र हिँडडुल गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ । सवारी साधनको सञ्चालन पनि अन्यावश्यक अन्तर्गत सामग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेकलाई रोक लगाइएको छ ।

नेपालमा कलकारखाना उधोग धन्दा केहीको सम्भव छैन । त्यसैले गर्दा नेपाली हजारौ युवा युवती रोज़गारीको निम्ति विदेश पलायन भएका छन् । कोरोनाभाइरस सङ्क्रमणको विश्वव्यापी महामारीले निम्त्याएको ‘लकडाउन’ ले झन्डै केही महिनादेखि आर्थिक गतिविधि ठप्प छ । अझै कति समयसम्म यो स्थिति लम्बिने हो ठेगान छैन ।

अभूतपूर्व यो सङ्कटले अर्थतन्त्रमा अहिले नै गम्भीर असर पारिसकेको छ । यो स्थिति जति लम्बिन्छ, त्यति नै असर घातक बन्दै जानेछन् । यसको असरबाट कुनै क्षेत्र पनि अछुतो छैन । विदेशबाट नेपाली दाजुभाई दिदी बहिनीहरूले पठाएको पैसाको रेमिटेन्सबाट देश चलिरहेको छ ।विदेशी पर्यटकले भित्राएको आर्थिक मुद्राले देश चलिरहेको छ । हाल आएर कोरनाको कारण विश्व नै आर्थिक रूपमा ठप्प भएको छ ।

व्यापार व्यवसाय सबै ठप्प भएको छ । मानिसहरूलाई दैनिकी चलाउन कठिन भईरहेको छ । यस्तै हुदै गएको खण्डमा मानिसहरू भोकभोकै मर्ने अवस्था सिर्जना हुन सक्ने सम्भावना देखिन्छ । कोरोना भाइरसको महामारीले विश्वभरि नै सबैभन्दा मारमा परेको भनेको पर्यटन तथा यातायातको क्षेत्र नै हो ।

एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको संख्या लामो समयसम्म कयम रहने देखिन्छ भने अर्कोतिर चाहना नै भएपनि ‘लकडाउन’ र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन् । लाखौ नेपाली दाजुभाई रोजगारीको सिलसिलामा विदेश गएकाहरू कोरनाको कारण रोजगारी गुमाई नेपाल फर्किसकेका छन् । कति नेपाली दाजुभाई विदेशमा अलपत्र परेका छन् । यही बेलामा हजारौ नेपाली प्राकृतिक प्रकोप बाढी पहिरोसंग लडीरहेका छन् । हजारौ घरबार बिहिन भएका छन् । यस्तो बेलामा सत्तामा रहेका केही ठुला भनाउदाहरू कुर्सीको होडबाजीमा लडीरहेका छन् । आखिर कहिले सम्म नेपाली जनताले दु:ख पाईराख्ने थाहा छैन । यतिखेर सरकार कुर्सीतिर नभई जनता बचाउँनतिर लाग्दा कसो होला ?

नेपाली बुबाआमा दाजुभाई दिदी बहिनी विश्वको जुन कुनामा हुनु हुन्छ सुरक्षित रहनुहोला 🙏🙏

२०७७-०५-१२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here