Friday, February 26, 2021
More

    नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार : मन्त्री नेम्बाङ्ग

    काठमाडौँ, बिहिबार, १५ माघ २०७७ । जापान सरकारले निर्माण गरेको वि पी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । आज बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो ।

    पुनःनिर्माण गरिएको वि पी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय वसन्तकुमार नेम्बाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताउनु भयो । नेपालको उर्जा, यातायात, खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, शान्ति स्थापना, र कृषि क्षेत्रमा जापान सरकारको योगदान अनुलनीय रहेको बताउनु भयो ।

    मन्त्री नेम्बाङ्गले नेपालको विकासमा जापानको सहयोगको प्रशंसा गर्नुभयो । ‘नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट जापानको साथ र सहयोगको हृदयदेखि नै प्रशंसा गर्न चाहान्छु ।’   उहाँले भन्नुभयो । साथै, उहाँले नेपालको विकास र समृद्धिको चाहाना परिपूर्ति गर्न नेपालका लागि जापनीय राजदुत मासामिची साइगोको साथ र समन्वयको समेत प्रशंसा गर्नु भएको थियो ।

    त्यसैगरी, जापानीज राजदुत मासामिची साइगोले नेपाल र जापानबीच गहिरो मित्रता रहेको उल्लेख गर्दै नेपालको विकासमा जापान सरकारको साथ संधै निरन्तर रहने बताउनु भयो ।

    राजधानीलाई पूर्वी तराईसंग जोड्ने १ सय ६० किलोमिटर लामो वि पी राजमार्ग जापानले १९९६ मा निर्माण सुरु गरेर २०१५ मार्चमा सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो ।

    हस्तान्तरण गरेको दुई महिना नबित्दै वि.स. २०७२ वैशाख १२ गते गएको महाभूकम्पका कारण पाँच ठाउँमा क्षति पुगेको थियो । भूकम्पपछिको पुनःनिर्माण पनि जापानले नै जिम्मा लिएको थियो ।

    विपी राजमार्गको पुनःर्निर्माण सन् २०१९ जुलाई ३ मा जापानीज निर्माण कम्पनी हाजमा अण्डो करपोरेशनले सुरु गरेको थियो । करिब १८ महिनामा निर्माण सम्पन्न भयो । 

    पुनर्निर्माणमा गिट्टी, बालुवा बाहेक अधिकांश निर्माण सामग्री र प्रविधि जापानबाट नै ल्याइएको थियो ।

    लोकप्रिय समाचार

    सम्बन्धित समाचार

    Leave A Reply

    Please enter your comment!
    Please enter your name here