काठमाडौँ, बिहिबार, ११ भाद्र २०७७ । नेपालमा एक हजार १ सय ११ काेराेना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय २९ जनाको आरटी पीसीआर परीक्षणबाट आएको नतिजा बमोजिम एक हजार १ सय ११ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३५ हजार ५ सय २९ पुगेको जनाएको छ ।

थप ३ सय ३४ महिला र ७ सय ७७ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ । नेपाल अहिले सक्रिय सङ्क्रमितहरु १५ हजार २ सय ७३ रहेका छन् । होम आइसोलेसनमा छ हजार २ सय १० र संस्थागत आइसोलेसनमा नौ हजार ६३ रहेका छन् ।

भेन्टिलेटरमा १७ रहेका छन् । पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here