काठमाडौँ, शनिबार, १३ भाद्र २०७७ । नेपालमा ८ सय ८४ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप २ सय ४२ महिला र ६ सय ४२ जना पुरुषलाई कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ३७ हजार ३ सय ४० पुगेको जनाइएको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १६ हजार ५ सय ७७ रहेका छन् । होम आइसोलेसनमा छ हजार ४ सय ४५ र संस्थागत आइसोलेसनमा १० हजार १ सय ४५ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३ सय १३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २० हजार ५ सय ५५ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू आठ हजार ३५ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here