काठमाडौँ, सोमबार, १५ भाद्र २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय ३ जना महिला र जना ५ सय ९६ पुरुष गरी ८ सय ९९ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या २१ हजार ४ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ सय ८८ जना उपचारपछि डिस्चार्ज भएका छन् । ५४ प्रतिशत संक्रमित निको भएका छन् ।

हाल नेपालमा १७ हजार ८ सय २२ संक्रिय संक्रमित छन् । आज नेपालमा ११ हजार १ सय २९ जनाको पिसिआर विधिबाट नमूना परिक्षण गरिएको छ । अहिले क्वारेन्टाइनमा ७ हजार ३ सय ३७ रहेका छन् । होम आइशोलेशनमा ७ हजार १ सय २१ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here