काठमाडौँ, बुधबार, २४ बैशाख २०७७ । नेपालमा एकैपटक १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पर्साको वीरगञ्जका थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिनुभएको थियो ।

देवकोटाले कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६४ वर्षकासमेत रहेको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here