काठमाडौँ, बुधबार, २१ जेठ २०७७ । बुधबार एकैदिन २ सय १ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बुधबार थप २ सय १ जनामा संक्रमण देखिएको छ । यससँगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ हजार ३ सय पुगेकाे छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएकामा १ सय ७९ पुरुष र २२ जना महिला रहेको जानकारी दिनुभयो ।

बैशाख महिनासम्म कोरोना भाइरसका संक्रमित संख्या सुस्त गतिमा बढेपनि जेठमा आइपुग्दा ह्वात्तै बढेको छ । जेठभर ८ जनाको संक्रमणबाट मृत्यु भएको पुष्टि भइसकेको छ ।

जेठको पहिलो साता कोरोना संक्रमितको गति बढ्दै जाँदा तेस्रो सातामा आइपुग्दा वृद्धिदर निकै बढेको हो । यसले त्रास बढाएको छ । लकडाउनका बाबजुद संक्रमित संख्या बढिरहेपछि सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठेको छ ।

आज १२ जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिनु भयो । अहिलेसम्म कुल २ सय ७८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । जसमध्ये अहिलेसम्म ९ जनाको मृत्यु कुल ६४ जिल्लामा कोरोना संक्रमणका बिरामी देखिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here