काठमाडौं, बिहिबार, २९ जेठ २०७७ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या चार हजार ६ सय १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज नियमित अपडेटमार्फत पछिल्लो २४ घण्टामा २ सय ५० जना नयाँ कोरोना संक्रमित देखिएको जानकारी गराउनु भयो ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा कोरोनाका कारण १५ जनाको मृत्यु भइसकेको छ भने कोरोना जित्नेको संख्या भने ८ सय ६१ पुगेको छ । आज १ सय ८७ जना डिस्चार्ज भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here