काठमाडौँ, सोमबार, २९ बैशाख २०७७ । नेपालमा सोमबार दिउँसो थप १ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीका अनुसार धरानको वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो । संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आजै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १० जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो । उनीहरु कपिलवस्तु जिल्लाको यसोधरा गाउँपालिका-५ र बुद्वभुमि नगरपालिका-७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीया पुरुषहरु र एक जना उमेर नखुलेका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

आज ११ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । संक्रमित मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । तर, ति मध्ये ३ जनामा पुन: संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here