काठमाडौँ, शनिबार, ३१ साउन २०७७ । नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

आज शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । कपिलवस्तु, पर्सा र धनुषाका १/१ जना पुरुषको मृत्यु भएको हो ।

आज मृत्युपुष्टि हुनेमा रगन्ज महानगरपालिका-१२ मुर्ली घर भएका ६० बर्षीय वृद्ध रहेका छन् । उनको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको हो । मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

साथै, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको मृत्यु भएको छ ।

साउन २९ गते सामान्य ज्वरो खोकी लागेर उपचारका लागि अस्पताल पुगेका ती पुरुषमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचार गरिरहेका उनको शनिबार बिहान मृत्यु भएको हो । धनुषाको जनकनन्दनी गाउँपालिका-४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो । उनको पिसिआर रिपोर्ट पोजटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ । जसमा पुरुष ८० जना र महिला २२ जना रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here