जनकपुरधाम, सोमबार, १५ भाद्र २०७७ । नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा-४ निवासी ३५ हेल्थ असिस्टेन्टको मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि भदौ १० गते काठमाडौं लैजाने क्रममा उहाँको सिन्धुलीमा मृत्यु भएको थियो । गाउँमै औषधि पसल चलाइरहेका उहाँ बिरामीको सेवामा सक्रिय थिए । भदौ ७ मा बिरामी परेपछि उहाँको केही दिन गाउँमै उपचार भएको थियो । उहाँको शव पुनः जिल्लामा ल्याएर स्वाब संकलन गरेर जनकपुरमा पठाइएको थियो ।

उहाँको रिपोर्ट पोजेटिभ आएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here