काठमाडौं, बिहिबार, १ जेठ २०७७ । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको दुई वटा सूचना अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार सर्लाहीका एक, धनुषा २ र महोत्तरीका २, काठमाडौं चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलबस्तु निवासी ६ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here