काठमाडौँ, सोमबार, १९ जेठ २०७७ । नेपालमा थप २ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनु भएको हो ।

आज थपिएका २ सय २६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

हालसम्म कोरोना भाइरसको आशंकामा पीसीआर विधिबाट ७१ हजार ९ सय ३ वटा नमुना परीक्षण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसको आशंकामा २ हजार ३ सय १० वटा नमुना परीक्षण गरिएको बताउनु भयो ।

मन्त्रालयका अनुसार आज १ लाख ३३ हजार ९ सय ३३ जना सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा छन् । आज १५ सय ६९ जना देशैभरका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत रहेको देवकोटाले जानकारी दिनुभयो । कोरोना निको हुनेको संख्या २ सय २१ पुगेको छ । जसमा ४१ महिला र १ सय ८० पुरुष छन् ।

नेपालमा हालसम्म संक्रमितमध्ये २ सय २१ जना उपचारपछि निको भएका छन् । संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here