काठमाडौं, शुक्रबा। २३ जेठ २०७७ । आज थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता बिकाश देवकोटाले पछिल्लो २४ घण्टाको अपडेट गराउँदै थप २ सय ७८ जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

आज थपिएसँगै अब नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । आज एकै दिन दैलेखमा ९१ जना, कपिलवस्तुमा ४४ जना, प्रदेश १ मा ३९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढदै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ। साथै,आइसोलेसन दुई हजार पाँच सय ६८ जनाको उपचार भइराखेको छ ।

नेपालमा अहिलेसम्म कोरोना जित्नेको संख्या तीन सय ३३ पुगेको छ । शुक्रबार मात्र ४३ जना डिस्चार्ज हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here